Like us!
Follow us!
Connect us!
Watch us!

वोमीले १ : १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने, कहिलेदेखि ?

अर्थ संसार

सोमबार, २३ असार २०७६, ०९ : ४५ मा प्रकाशित

वोमीले १ : १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने, कहिलेदेखि ?

अर्थ संसार, काठमाडौं-वोमी लद्युवित्त वित्तीय संस्थाले १ बराबर १ (१ः१) को अनुपातमा साउन ९ गतेदेखि भदौ ११ गतेसम्म हकप्रद शेयर निश्कासन गर्ने भएको छ ।

कम्पनीले शेयरधनीका लागि प्रतिशेयर १०० अंकित दरको १० लाख १० हजार ८८० कित्ता हकप्रद शेयर निश्कासन गर्न लागेको हो । कम्पनीको असार २७ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीले हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर खरिदका लागि कम्पनीको शेयर निश्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, वोमी लद्युवित्तका सम्पूर्ण शाखा र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि– आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।

हकप्रद शेयर निश्कासनपछि कम्पनीको चुक्तापुँजी २० करोड २१ लाख पुग्नेछ । कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ रटिङ प्रदान गरेको छ । यसल कम्पनकिो हकप्रद शेयरको अवस्था आधारभूत पक्षभन्दा कमजोर रहेको देखाउँछ ।

5d22c2cb754d3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको