Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तको शेयर कारोबार खुल्ला, सिम्बोल के र ओपन रेन्ज कति ?

सोमबार, २३ असार २०७६, ११ : ३३ मा प्रकाशित

इन्फिनिटी लघुवित्तको शेयर कारोबार खुल्ला, सिम्बोल के र ओपन रेन्ज कति ?

अर्थ संसार, काठमाडौं– इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नेप्सेमा सोमबारदेखि शेयर कारोबार खुल्ला भएको छ । स्टकको अनुसार इन्फिनीटीको आइएलबीएस () सिम्बोल रहेको छ ।  

बजार खुलेपछि लगानीकर्ताले आइएलबीएस संकेतबाट कारोबार गर्न सक्नेछन् । यसको ओपन रेन्ज १०३ रुपैयाँ ८१ पैसादेखि ३११ रुपैयाँ ४३ पैसा कायम भएको छ । पहिलो कारोबार यही रेन्जभित्र रहेर हुनेछ ।
 
इन्फिनिटी लघुवित्तको २० लाख ७४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो । कम्पनीले जेठ १३ देखि १६ गतेसम्म ६ लाख ४० हजार ३०० कित्ता आइपीओ खुला गरेको थियो । सो आइपीओसहित चुक्ता पूँजी बराबरको सेयर सूचीकरण गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको