अर्थ संसार, काठमाडौं– घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको  निशकासन गरेको साधारण शेयर (आइपिओ) शुक्रबार बाँडफाँड हुने भएको छ ।
विक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार विहान ९:३० बजे क्यापिटलको केन्द्रिय कार्यालय कमलादीमा हुने कार्यक्रम तय भएको छ ।
गत असार २० गते अर्थात शुक्रबारदेखि मंगलबार (असार २४ गते ) सम्म कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्काशन गरेको  थियो । मंगलबार साँझासम्म माग भन्दा ३७।५३ गुणाबढी आवेदन परेको छ ।
क्यापिटलको अनुसार २ लाख ९०  हजार २४३ जना आवेदकबाट ४९ लाख ७६ हजार ६३० कित्ताको लागि आवेदन परेको छ ।
कम्पनीले निश्कासन गरेको कूल शेयर संख्यामध्ये शुन्य दशमलव ५५ अर्थात १ हजार ३८० कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ६ हजार ६३० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो भने बाँकी १ लाख २४ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणको लागि खुल्ला गरेको थियो ।
माग भन्दा बढी गुणा आवेदन परेपछि आईपीओ निष्काशन  छिटो समयमा बन्द गरिएको  थियो ।  आईपीओ बिक्रीपछि  यस लघुवित्तको चुक्ता पुँजी २ करोड ७६ लाख रुपैयाँ पुगनेछ । माग भन्दा बढी आवेदन परेकाले  गोलाप्रथाबाट शेयर बाँडफाँड हुनेछ ।
पर्यो कि परेन भनेर कसरी हेर्ने ?
यस कम्पनीको साधारण शेयर (आइपिओ) मा लगानी गर्ने लगानीकर्ताले  अर्थ संसार डट कम www.arthasansar.com को  IPO Result  मा  क्लिक गरी  घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड छानी  आफ्नो डिम्याट एकाउन्ट नम्वर हाली हेर्न सक्नुहुनेछ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस