अर्थ संसार, काठमाडौं– ज्योति लाईफ ईन्स्योरेन्स कम्पनीले ‘ज्योति केयर्स’ को शुभारम्भ गरेको छ । कम्पनीको प्रधान कार्यालय शान्ता प्लाजा ज्ञानेश्वरमा शुक्रबार आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले ‘ज्योति केयर्स’ को शुभारम्भ गरेका हुन् ।
जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवा सुविधा विस्तार गरि ग्राहकसेवा केन्द्रित योजना सञ्चालन गर्ने क्रममा ज्योति लाईफ ईन्स्योरेन्सले ‘ज्योति केयर्स’ को औपचारिक शुभारम्भ गरिएको हो ।
कार्यक्रममा ज्योति केयर्सको अवधारणा, कार्ड वितरण हुने मापदण्ड तथा कार्ड ग्राहकले पाउने सेवासुविधा र हालसम्म ज्योति केयर्सको माध्यमबाट सुविधा प्रदान गर्न कम्पनीले सम्झौता गरेको सेवा प्रदायक साझेदार सस्थाहरुको विस्तृत विवरणबारे प्रस्तुत गरिएको थियो ।
कम्पनीले आफ्नो व्यावसाय शुभारम्भ देखिनै घातक रोग रोग उपचार सुविधा लगाएत नयाँ–नयाँ विशेषता भएका बीमा योजना जारी गरेको र ग्राहकको सेवाको लागि थप कार्यहरु गर्ने क्रममा ज्योति केयर्सको माध्यमबाट बीमितहरुलाई सेवा दिने कम्पनीका अध्यक्ष शर्माले बताएका छन् ।
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस