अर्थ संसार, काठमाडौं– आँधिखोला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) सोमबार बाँडफाँड भएको छ ।
आइपिओमा आवेदन दिएका ३ लाख ४१३ जना आवेदकमध्ये ३७ हजार ५०० जनाले सेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले सेयर दिइएको हो ।
आइपीओमा ५७९ जना लगानीकर्ताको आवेदन रद्द भएको छ । आँधिखोलाले असार २२ देखि २५ गतेसम्म कुल ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
जसमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस