अर्थ संसार, काठमाडौं– अजोड इन्स्योरेन्स लिमिटेड आफ्नो प्रथम वार्षिक साधारणसभा सोमबार सम्पन्न गरेको छ । 
वल्ड ट्रेड सेन्टर पृथ्वी हल चौथो तल्लामा सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि शेयर निश्कासन सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने, विगत आर्थिक वर्ष २०६४/०६५ देखि आर्थिक वर्ष २०७३/०७४ सम्मको वित्तीय विवरण, संचालक समितिबाट प्रस्तुत आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन, एनएफआरएस वमोजिम आर्थिक वर्ष २०७४/०७५ को वित्तीय विवरण तथा लेखा परिक्षण प्रतिवेदन, संचालक समितिको सिफारिस बमोजिम बाह्य लेखा परिक्षकको नियुक्त तथा पारिश्रमिक लगायतको सामान्य प्रस्तावहरु पारित गरेको छ ।
त्यसै गरी कम्पनीको नियमावलीको २४ (२) मा संशोधन गर्ने तथा उक्त संशोधनमा कम्पनी रजिष्ट्रार कार्यालय, बीमा समिति वा अन्य नियमनकारी निकायबाट कुनै फेरबदल गरेमा आवश्यक संशोधन तथा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव साधारणसभाले पारित गरेको छ ।
साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना संचालकहरु क्रमस आजाद श्रेष्ठ, उपरथी राम बहादुर गुरुङ्ग (अ.प्रा), सागर गुरुङ्ग र चिरन्जिवी ध्वा लाई सर्वसम्बत निर्वाेरोध निर्वाचित गरिएको छ ।
कुनै पनि बीमा कम्पनीका लागि मेरुदण्डका रुपमा रहेको दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो, चुस्त र पारदर्शि बनाउने उद्देश्यले यस कम्पनीले फास्ट ट्रयाक दावी भुक्तानी नीति अवलम्बन गरी २ लाखसम्मको दावी तत्कालै भुक्तानी गर्न व्यवस्था गरिएको  प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले बताए ।
यस कम्पनी संचालनमा आएको छोटो अवधिमा नै कम्पनीको प्रधान कार्यालय लगायत प्रादेशिका तथा शाखा कार्यालयहरु सहित कूल ३० कार्यालयहरु, एक हजार सेवा केन्द्र र १७ वटा तेस्रो पक्ष बीमा काउन्टर मार्फत कम्पनीको कार्यक्षेत्रकलाई सातै प्रदेशमा विस्तार गरी बीमा सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले वैशाख १ गतेदेखि नै लागू हुने गरी आफ्ना ग्राहकहरुलाई ३६५ दिने नै बीमा सेवा समेत प्रदान गर्दै आएको छ ।
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस