Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारले गर्यो यो आर्थिक वर्षलाई हरियो रंङ्गले बाईबाई, नेप्से नयाँ आ.ब.मा बुम हुने अपेक्षा

अर्थ संसार

मंगलबार, ३१ असार २०७६, १८ : १८ मा प्रकाशित

शेयर बजारले गर्यो यो आर्थिक वर्षलाई हरियो रंङ्गले बाईबाई, नेप्से नयाँ आ.ब.मा  बुम हुने अपेक्षा

अर्थ संसार, काठमाडौं– आर्थिक वर्षको अन्तिम दिन आज (मंगलबार) लाई शेयर बजारले हरियो रंङ्गले बाईबाई गरेको छ ।   नयाँ आर्थिक वर्षको दिनमा शेयर बजारले गति दिने लगानकिर्ताले अपेक्षा गरेका छन् ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार  आज  कारोवार मापक नेप्से परिसूचक ४.४५ विन्दुले बढेर एक हजार २५९.०१ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ विन्दुले बढेर २७१.२५ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उकालो लागेपनि कारोवार रकममा भने उल्लेख्य वृद्धि भएन । कूल १६१ कम्पनीको १९ लाख ५६ हजार ६३० कित्ता शेयर रु ३४ करोड ७२ लाख ८९ हजार २७५ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह नै वृद्धि भएको छ । बैंकिङ ४।१३, होटल ५६.०८, विकास बैंक ५.९९, जलविद्युत् १.१६, वित्त ५।१४, निर्जीवन बीमा १०.४६, उत्पादन ७.०९, अन्य २.२३, लघुवित्त ५.५, जीवन बीमा १.७३ र सामूहिक लगानी कोष ०.४८ विन्दुले बढे । आज चालू आर्थिक वर्षको अन्त्य र बुधबारदेखि नयाँ आर्थिक वर्ष शुरु हुने भएकाले पनि शेयर बजारमा लगानीकर्ताको चासो बढेको हो ।

स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ ।  सो बैंकको रु पाँच करोड ७८ लाख ७२ हजार ५७७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु तीन करोड ४४ लाख ५० हजार, नबिल बैंक रु दुई करोड ६ लाख ९० हजार ४८६, शिवम् सिमेन्ट रु एक करोड ४९ लाख ६९ हजार ९३४, नेशनल लाइफ इन्स्योरेन्स रु एक करोड २९ लाख ३० हजार ५४३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
 
स्टकका अनुसार नबिल इक्विटी फण्डका लगानीकर्ताले ९.१२ प्रतिशतले कमाए । सिभिल लघुवित्त वित्तीय संस्था ८.८२, सिटिजन म्यूचल फण्ड ८.३०, एनएमबी हाइब्रिड फण्ड ७.८५ र अरुण काबेली पावरका शेयरधनीले ६.२१ प्रतिशतले कमाए । त्यस्तै आँखु खोला जलविद्युत् कम्पनी ४.१६, रिडी हाइड्रो ३.२२, स्वरोजगार लघुवित्त वित्तीय संस्था २.८६, फस्टमाइक्रो फाइनान्स डेभलपमेन्ट २.८४ र सानिमा माई हाइड्रोपावारका शेयरधनीले २.३९ प्रतिशतले गुमाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको