Like us!
Follow us!
Connect us!
Watch us!

सबैको लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि बजारमा, कति दिने आवेदन ?

अर्थ संसार

बुधबार, ०१ साउन २०७६, १० : ४८ मा प्रकाशित

सबैको लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि बजारमा, कति दिने आवेदन ?

अर्थ संसार, काठमाडौं– सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ३० हजार कित्ता आईपीओ साउन १ गते अर्थात आजदेखि निस्कासन हुने भएको छ । लघुवित्तले रु १०० अंकित दरका ५ लाख ३० हजार कित्ता सेयरको आईपीओ निस्कासन गरेको हो ।

कुल निस्कासन गर्न लागिएको आईपीओमध्ये ८ हजार २५० कित्ता सेयर कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम २ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले चाँडोमा साउन ५ गते र ढिलामा साउन ३० गतेसम्म आवेदन दिन पाउने छन् ।

कम्पनीको आईपीओ निस्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । आइपिओ खरिदका लागि  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि– आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।

कति दिने आवेदन ?

यस कम्पनीले निश्कासन गरेको आइपिओ न्यूनतम १० कित्ता आवेदन दिए पुग्नेछ । आवेदन कित्ता ५ लाख ३० हजार कित्ता मात्रै भएकोले माग भन्दा बढी आवेदन पर्ने निश्चित भएकाले न्यूनतम कित्ता मात्रै आवेदन दिए पुग्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको