अर्थ संसार, काठमाडौं– हिमालयन बैंकले बिहीबारदेखि ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला हुने भएको छ ।
यसमध्ये १२ लाख युनिट सर्वसाधारणका लागि खुला गरिनेछ । यस्तै, सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । यसआधारमा सामूहिक लगानी कोषहरुले ६० हजार युनिट पाउनेछन् । बाँकी १८ लाख युनिट भने बैंकले आफ्नै पहलमा अन्य संघ संस्थालाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ ।
 
बैंकले ७ वर्ष अवधिको १० प्रतिशत हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकले प्रतियुनिट १ हजार रुपैयाँ दरमा ऋणपत्र बिक्री गर्न लागेको ऋणपत्रमा छिटोमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने साउन ३१ गतेसम्म भर्न सकिनेछ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटबाट फारम प्राप्त गरी आवेदन बुझाउन पनि सकिनेछ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस