अर्थ संसार, काठमाडौं -  हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (जलविद्युत लगानी तथा विकास कम्पनी)ले शतप्रतिशत हकप्रद शेयर विक्रीको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले १ बराबर १ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर विक्री गर्न असार ३१ गते निवेदन दिएको हो । यो हकप्रद जारी गर्नका लागि कम्पनीले गत पुस ३० गते वार्षिक साधारण सभामार्फत निर्णय पारित गराएको थियो । 
कम्पनीले उक्त सभाबाट १० अर्ब चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र बोनस पश्चात कायम हुने चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको थियो । १० प्रतिशत बोनस शेयरपछि कायम भएको ११ अर्ब चुक्तापूँजीको आधारमा कम्पनीले हकप्रद जारी गर्नेछ । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी  २२ अर्ब पुग्नेछ । हकप्रद विक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पुरा गर्नेछ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस