अर्थ संसार, काठमाडौं– सबैको लघुवित्त वित्तीय संस्थाले साउन १ गतेदेखि ५ गतेसम्म बिक्री गरेको साधारण शेयर आइपीओ शुक्रबार बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यलयमा आइपीओ बाँडफाँट भएको हो । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको अनुसार ७३८ जना आवेदकमध्ये ४९ हजार ५२५ जनाले सेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले शेयर दिइएको हो । आइपीओमा ४५४ जनाको आवेदन रद्द भएको छ ।
लद्युवित्तले ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ०.५ प्रतिशत कम्पनीका कर्मचारी र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
नोट : आइपिओको रिजल्ट हामी www.arthasansar.com मा राख्नेछौँ । त्यसको लागि तपाईले यहाँ अर्थात IPo Result क्लिक गर्न पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस