Like us!
Follow us!
Connect us!
Watch us!

शिखर र लुम्बिनी इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलायो, शेयरधनीको हात खाली

शनिबार, ११ साउन २०७६, १४ : २९ मा प्रकाशित

शिखर र लुम्बिनी इन्स्योरेन्सले  वार्षिक साधारणसभा बोलायो,  शेयरधनीको हात खाली

अर्थ संसार, काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले  वार्षिक साधारणसभा बोलाएका छन् ।

शिखर इन्स्योरेन्सले साउन २८ गते कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्ट, थापाथलीमा चौधौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, सञ्चालक समूहको निर्वाचन गर्ने, मर्जर अथवा एक्विजिसन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन २५ गतेदेखि साधारणसभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने भएको छ । 

त्यसै गरी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २९ गते अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा चौधौ  वार्षिक साधारणसभा आयोजना गर्र्र्ने भएको छ ।

सभामा लेखापरीक्षक नियुक्त गर्ने  र वार्षिक प्रतिवेदन पारित गर्ने  प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन १५ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीको सेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको