Like us!
Follow us!
Connect us!
Watch us!

सिडीएससीप्रति शेयर लगानीकर्ता असन्तुष्ट

शनिबार, ११ साउन २०७६, १५ : ४२ मा प्रकाशित

सिडीएससीप्रति शेयर लगानीकर्ता असन्तुष्ट

अर्थ संसार, काठमाडौं -पुँजी बजारमा प्रविधिको पहुँच बढ्न लागेको बेला सिडिएस एण्ड क्लीयरीङ लिमिटेड (सिडीएससी)  ले पुँजीगत लाभ कर गणना विधि शुरु गरेपछि मोफसलमा लगानीकर्ता असन्तुष्ट भएका छन् । 

सो विधि र प्रक्रिया अवैज्ञानिक, झन्झटिलो र अव्यहारिक भएकाले बजारमा यसको नकारात्मक प्रभाव परेको लगानीकर्ताको गुनासो छ ।  सिडीएससीले साउन १ गतेदेखि लागू गरेको विधिलाई सच्चाएर वैज्ञानिक र यथार्थपरक गणना विधि लागू गर्न शेयर बजारका लगानीकर्ताले माग गरेका थिए । त्यसपछि पुँजीगत लाभकर गणना विवाद केही समयका लागि अन्त्य भएको छ र कम्पनीको मूल्यको औसतलाई आधार बनाएर आधारभूत मूल्य निर्धारण गर्ने र सोही आधारमा पुँजीगत लाभकर गणना गर्ने व्यवस्थाका लागि माथिल्लो निकायमा सिफारिस गर्ने सहमतिसमेत भएको छ । 

सफल नेपाल इन्भेष्ट कमपनीका महासचिव माधव पाण्डेले सिडीएससीले साउन १ गतेदेखि शुरु गरेको पुँजीगत लाभकर गणना विधिले बजारमा नकारात्मक असर परेको उल्लेख गर्दै अव्यहारिक र झन्झटिलो प्रणाली भएको बताउनुभयो । 

उहाँले खास गरेर वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताका लागि अझ वढी झन्झट भएको उल्लेख गर्दै हामी ल्याप्चे युगमा जान थालेको टिप्पणी गर्नुभयो । “एकतिर बजारमा अनलाइन प्रणाली अर्कोतिर ल्याप्चे यसले कस्तो सन्देश जान्छ”, पाण्डेले भन्नुभयो । उहाँले यो प्रणालीबाट धेरै लगानीकर्ता असन्तुष्ट भएको बताउनुभयो । 

लिन्च स्टक मार्केटकी सोनम पाठकले सिडीएसीको प्रणाली ठिक हुँदाहँुदै पनि लगानीकर्ताले झन्झट व्यहोर्नुपरेको बताउनुभयो । उहाँले विदेशमा बसेका लगानीकर्तालाई कारोवार गर्न असहज भएको उल्लेख गर्दै ल्याप्चे लगाउन नपर्ने भए सजिलो हुन्थ्यो भन्नुभयो । 

बुटवल र भैरहवामा ६ ब्रोकर कार्यालय रहेको यस क्षेत्रमा लगानीकर्ताले शेयर बजारमा लगानी बढाउन थालेका छन् । यहाँका ब्रोकर कार्यालयबाट दैनिक रु एक करोडको कारोवार हँुदै आएको छ । यस अघि प्रदेश नं ५ शेयर लगानीकर्ता फोरमले सो अवधारणको विरोध गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको