अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले बैतडी शाखाको आइतबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड  स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दबाट आइतबार समुद्घाटन सु–सम्पन्न भयो ।
उक्त कार्यक्रममा बैतडी  जिल्लाका पुर्व उप–सभापतिहरु,दशरथचन्द नगरपालिकाका नगर प्रमुख  नरेन्द्र सिंह थापा तथा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउँंदछौं ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ  ।
                                    
 
 
 
 
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस