अर्थ संसार, काठमाडौं– काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्तले वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ ।
संस्थाले चौथो त्रैमाससम्ममा १६ करोड ७६ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । संस्थाले अघिल्लो वर्ष सोही अवधिमा नाफा ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको थियो ।
मेरोको रिजर्भ कोषमा पनि आकर्षक सुधार आएको छ । यस अवधिमा रिजर्भ कोष ११३/८३ प्रतिशतले बढेर ३३ करोड ९० लाख ८३ हजार रुपैयाँ पुगेको छ । तर चुक्ता पुँजी १३० पंतिशत ले वृद्धि हुँदा प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ ।
प्रतिशेयर आम्दानी २५ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७ पैसामा झरेको छ ।कम्पनीले हालै मात्र १०० प्रतिशत हकप्रद बिक्री गरी चुक्ता पुँजी बढाएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस