अर्थ संसार, काठमाडौं– युनाइटेड इन्सुरेन्सको २४०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि मंगलबार युनाइटेडको सेयर कारोबार २९९ रुपैयाँ १२ पैसालाई आधार मानेर खुलेको छ । कम्पनीले २४०% हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ जसअनुसार कम्पनीले अब १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ ।
हकप्रद प्रयोजनका लागि युनाइटेडले साउन १४ गते बुक क्लोज गरेको हो । हिजो सोमबार साउन १३ गते सम्म कायम सेयरधनी मात्र हकप्रद भर्न योग्य हुनेछन् । युनाइटेडले हाल कायम चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस