अर्थ संसार, काठमाडौं -जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले असार १२ गते बिहीवारदेखि शतप्रतिशत जारी गरेको हकप्रद शेयरमा आवेदन दिने आज ९साउन १५० अन्तिम दिन रहेको छ ।
कम्पनीले १ बराबर १ को अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद शेयर जारी गरेको हो । हकप्रद प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेकाले असार १ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्तको सम्पूर्ण शाखाहरु र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सि–आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिन्छ । साथै, मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ । हाल २ करोड ८८ लाख चुक्तापूँजी रहेको कम्पनीको हकप्रद पश्चात ५ करोड ७६ लाख चुक्तापूँजी पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस