Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा लाभकर कार्यान्वयन भएन

अर्थ संसार

आइतबार, १९ साउन २०७६, ०८ : २४ मा प्रकाशित

शेयर बजारमा लाभकर कार्यान्वयन भएन

अर्थ संसार, काठमाडौं- नेपालको पुँजीबजारमा औसत आधार बिन्दु कायम गर्न नसक्दा पुँजीगत लाभकर कार्यान्वयन हुन,नसकेको लगानीकर्ताले गुनासो गरेका छन् ।

नेपाल पुँजीबजार संघको दोस्रो वार्षिक साधारणसभाको अवसरमा आयोजित शेयर बजारमा अवसर, चुनौती, र नियामक निकायको भूमिका विषयमा छलफलमा बोल्दै लगानीकर्ताहरूले सरकारले बजारलाई पुरानै युगमा फर्काएको बताएका हुन् ।

अर्थमन्त्रालयले बजेटमार्फत पुँजीगत लाभकर ५ प्रतिशत तोके पनि औसत आधार बिन्दु कायम गर्न नसक्दा कार्यान्वयन हुन सकेको छैन । अर्थमन्त्रालयले यसको जिम्मा नेपाल धितोपत्र बोर्डलाई दिएको छ । तर, बोर्डले भने यस विषयमा कुनै पनि निर्णय गर्न सकेको छैन ।

फलस्वरूप लगानीकर्ताले सेयर कारोबार गर्दा ब्रोकरमै गएर ल्याप्चे लगाउनुपर्ने अवस्था आएको छ । पुँजीबजारलाई पूर्ण अनलाइन बनाइने भनिएता पनि ल्याप्चे लगाउनुपर्ने अवस्थाले बजार अगाडि बढ्नुभन्दा पछाडि धकेलिएको लगानीकर्ताले टिप्पणी गरेका हुन् ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डले लाभकर कार्यान्वयन गर्न नसकेको आरोप लगाइरहँदा पूर्वअर्थमन्त्री शंकर कोइरालाले भने करका विषयमा धितोपत्र बोर्ड र नेप्सेलाई दोष दिन नहुने तर्क राखेका छन् । ‘कर भनेको सरकार विषय हो । अर्थमन्त्रालयसँग सम्बन्धित विषय हो । त्यसैले यस सम्बन्धित निकायसँग छलफल गरी समस्या समाधान पर्छ,’ उनले भने ।

त्यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कर भुक्तानी गर्नु हरेक नागरिकको दायित्व भएको बताए । जसले धेरै आम्दानी गर्छ सरकारले उसबाट धेरै कर असुली गर्छ । त्यसैले कोही पनि यो दायित्वबाट पन्छिन नहुने बताए । ‘यदि यस विषयमा कुनै अस्पष्टता छ भने बसेर छलफल गरी समस्या समाधान गर्नुपर्छ,’ उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको