Like us!
Follow us!
Connect us!
Watch us!
रसुवागढी र साञ्जेनको ९ करोड ४३ लाखबढी कित्ता शेयर सूचिकृत

हाइड्रोपावरले शेयरधनीलाई आउने वर्ष अझ राम्रो प्रतिफल दिनेछ : चन्द्र सिंह साउद (भिडियोसहित)

अर्थ संसार

मंगलबार, २१ साउन २०७६, १६ : ३३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– साउन २१ गते अर्थात मंगलबारदेखि कारोबार गर्न सकिने गरी रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीले नेप्सेसँग शेयर सूचीकरण सम्झौता गरेसँगै आइपिओ नेप्सेमा सूचिकृत भएको छ ।

नेप्सेको अनुसार रसुवागढी हाइड्रोपावर कम्पनीको  ६ करोड १५ लाख ७८ हजार ९ सय कित्ता र  सान्जेन जलविद्युत कम्पनीको  ३ करोड २८ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।    

 सूचिकरण सम्झौता कार्यक्रममा रान्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यस माथिल्लो सेन्जेन यी आर्थिक वर्षमा अपरेशनमा आउने बताए । सन्जेनको आइपिओमा जनताको उल्लेखिय सहभागिताले पनि जनताको पूँजीबाट ठूला–ठूला परियोजना बनाउन सकिने सन्देश दिएको श्रेष्ठले बताए ।

यसै कार्यक्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सान्जेन र रसुवागढीले नेपालमा रहेको लोडसेडिङलाई निमूल पार्न सहयोग गर्ने बताए । स्थानीय तहका जनतालाई शेयर दिनु पर्छ भन्ने हाइड्रोपावरले सुरु गरेको हुनाले नेपालको पूँजी बजारमा लगानीकर्ताको संख्या ह्वात्तै बढ्नुको हात हाइड्रोपावरको रहेको राउदको ठहर छ । नियामन निकाय आएपछि आउने दिनमा हाइड्रोपावर कम्पनीहरुले राम्रो शेयरधनीलाई राम्रो प्रतिफल दिने आशा साउदले व्यक्त गरे ।

नेप्सेले रसुवागढीको लागि ९७ दशमलव २९ देखि  २९१ दशमलव ८७ सम्मको मूल्य रेञ्ज तोेकेको छ । त्यस्तै साञ्जेनको लागि ९६ दशमलव ३२ देखि  २८८ दशमलव ९६ मूल्य पहिलो कारोबारका लागि नेप्सेले तोकेको हो ।

शेयर सूचीकरणका लागि दुवै कम्पनीले साउन १५ गते नेप्सेमा निवेदन दिएका थिए । नेप्सेमा रसुवागढीको लागि नेप्सेले आरएचपिएल (RHPL) र साञ्जेनका लागि एसजेसीएल (SJCL) चिन्ह प्रदान गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको