Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको नाफा १ अर्ब ७५ करोडमाथि

बुधबार, २२ साउन २०७६, ०८ : ५२ मा प्रकाशित

लक्ष्मी बैंकको नाफा १ अर्ब ७५ करोडमाथि

अर्थ संसार, काठमाडौं- लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

बैंकले त्रैमाससम्म १ अर्ब ५७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब १८ करोड १० लाख ९१ हजार रुपैयाँ कमाएको थियो ।
 
यता, यस अवधिमा वितरण योग्य नाफा १ अर्ब १५ करोड ६१ लाख ९० हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८७ पैसाले बढेर १७ रुपैयाँ ६७ पैसा पुगको छ । यस अवधिमा लक्ष्मीको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको