अर्थ संसार, काठमाडौं– हिमाल दोलखाहाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि छट्याएको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता शेयरहरुको यहि साउन २४ गतेसम्म मात्र निष्काशन खुल्ला गरिने छ ।
आगामी आर्थिक वर्षदेखि नै कम्पनी नाफामा गई शेयरधनीहरुलाई लाभांश दिन सक्ने भएको हुँदा सर्वसाधारण लगानीकर्ताहरुको लागि लगानीको राम्रो अवसर रहेको यस कम्पनीमा प्रति शेयर १००/– का दरले भुक्तानी गर्नु पर्ने यस शेयरमा न्युनतम १० कित्ता देखि अधिकतम १ लाखकित्ता सम्म आवेदनदिन सकिने छ । उक्त निष्कासनबाट प्राप्त हुने सम्पूर्ण आम्दानी रकम बैंकको कर्जा तिर्न उपयोग गरिने छ ।
हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेड इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ९, १० र माई नगरपालिका वडा नं। ९ मा रहेको छ ।
कम्पनीसँगमाई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई खोला साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) दुवै आयोजनाहरु क्रमशः मिति २०६७र११र०१ गते तथा मिति २०७४/१२/२६ गतेदेखि ब्यापारीक उत्पादन शुरु भैसकेको ब्यहोरा अनुरोध छ ।
यस कम्पनीले KBNR इशुवापावर लिमिटेड (९७.२ मेगावाट) मा १९५ शेयर लगानी गरेको छ । उक्त आयोजनामा प्रति मेगावाट लागत १० करोड रहेको र सोबाट प्रति मेगावाट ४.३५ करोड आम्दानी हुने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस