Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा सामान्य सुधार

अर्थ संसार

बुधबार, २२ साउन २०७६, १६ : १९ मा प्रकाशित

शेयर बजारमा सामान्य सुधार

अर्थ संसार, काठमाडौं– साताको चौथो दिन (आज) बुधबार शेयर बजार समान्य सुधार भएको छ ।  २.७५ अंकले बढेको बजारमा ३६ करोड ८६ लाख ४५ लाख ६६९ रुपैयाँको कारोबार भएको छ । कुल १७२ वटा कम्पनीको ११ लाख ३८ हजार ६३९ कित्ता शेयर खरिदविक्री भएको छ ।

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८६ अंकले बढेको छ । सामान्य अंकले बढेको बजारमा बैकिङ २.९६ अंक, व्यापार ६.९५ अंक, होलट १९.४२ अंक, फाइनान्स २.०५ अंक, नीर्जिवन लाइफ २२.०३ अंक, उत्पादन १०.३९ अंक, अन्य २.३२ अंक, माइक्रोफाइनान्स २२.५५ अंक र  लाइफ इन्स्योरेन्स २६.०३ अंकले बढेको छ । यता, डेभलपमेन्ट बैंक १.३२ अंक, जलविद्युत २०.९५ अंक र सामुहिक लगानी कोष ०.०३ अंकले घटेको छ ।

यस दिन सर्वाधिक कमाउनेमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ । गुराँस लघुवित्तका लगानीकर्ताहरुले ९.८८ प्रतिशत, स्पर्श लघुवित्तका लगानीकर्ताहरुले ८.१५ प्रतिशत, स्वाभिमान लघुवित्तका लगानीकर्ताहरुले ७.४८ प्रतिशतले कमाएका छन् ।

साथै सर्वाधिक गुमाउनेमा साञ्जेल जलविद्युत कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९६ प्रतिशतले घटेको छ । रसुवागढी हाइड्रोपावरका लगानीकर्ताहरुले ९.८८ प्रतिशत, एनआईबिएल प्रगति फण्डका लगानीकर्ताहरुले ३.८२ प्रतिशत, अपि पावर कम्पनीका लगानीकर्ताहरुले ३.६७ प्रतिशतले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको