अर्थ संसार, काठमाडौं- एनआइबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नेपालको पहिलो खुल्लामुखी योजना, एनआइबिएल सहभागिता फन्डले साउन २३ गतेदेखि लगानीकर्ताहरूको हितग्राही खातामा इकाइ जम्मा गरेको छ ।
यस योजनाले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका २ करोड इकाइ सिडिएस एन्ड क्लियरिङमा दर्ता गरी हितग्राही खातामा जम्मा गरेको हो । यस योजनाका इकाइहरू असार २६ गतेदेखि कम्पनी तथा तोकिएका बिक्री केन्द्रहरूमार्फत खरिद– बिक्री हुने योजना व्यवस्थापकले बताएको छ ।
यस म्युचुअल फन्डको योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस