Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार विस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स : गभर्नर

अर्थ संसार

विहीबार, ३० साउन २०७६, ०७ : ३५ मा प्रकाशित

शेयर बजार विस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स : गभर्नर

अर्थ संसार, काठमाडौं नेपालको शेयर बजार विस्तारका लागि बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बताएका छन् ।

‘बैंकहरू ७५३ स्थानीय तहमा पुगेका छन् । पहुँच बृहत् भएकाले बैंकलाई ब्रोकर लाइसेन्स दिँदा बजार विस्तार हुने र आमलगानीकर्ताको पहुँच पनि बढ्छ,’ उनले भने । उनका अनुसार १९ वटा वाणिज्य बैंकले ब्रोकर लाइसेन्सका लागि केन्द्रीय बैंकबाट स्वीकृत लिइसकेका छन् ।

नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, प्राइम कमर्सियल बैंकले भने स्वीकृत लिएका छैनन् ।

त्यस्तै, मार्जिन कारोबारका लागि १८ वटा ब्रोकरले नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएका छन् । जसमध्ये दक्षिणकाली इनभेष्टमेन्ट एन्ड सेक्युरिटिज, दीपशिखा धितोपत्र कारोबार कम्पनी, दिव्या सेक्युरिटिज एन्ड स्टक हाउस, कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज, नेपाल स्टक हाउस, प्रज्ञान सेक्युरिटिज, डाइनामिक मनी मेनेजर्स सेक्युरिटिज, प्राइम सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, सुन्धारा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, नासा सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, निभ सेक्युरिटिज र श्वेता सेक्युरिटिजले अनुमति लिएका छन् ।

सिप्रदी सेक्युरिटिज र अनलाइन सेक्युरिटिज भने स्वीकृतिको प्रक्रियामा रहेको गभर्नर नेपालले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको