अर्थ संसार, काठमाडौं- राष्ट्रिय स्तरको विकास बैंककोे रुपमा स्थापित यस लुम्विनी विकास बैंक लिमिटेडले मंगलबार ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष शुशिलराज पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो ।
यस साधारण सभाद्धारा संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, आ.व २०७५ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित भयो ।
यस साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको १७.०७ प्रतिशत वोनस शेयर वितरण गर्ने निर्णय समेत पारित गर्यो । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख पुगेको छ ।
हेर्नुस भिडियोमा सभामा के के भयो ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस