नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायीको अनुमतिपत्रका लागि सुरु गरेको प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ ।
नेप्सेले एक सूचना प्रकाशित गर्दै साउन ३० गते संघीय संसदको अर्थ समितिबाट तत्कालका लागि बैंकलाई ब्रोकर लाइसेन्सको प्रक्रिया स्थगन गर्न निर्देशन आएको कारण नेप्सेले सुरु गरेको प्रक्रिया समेत हाललाई स्थगित गरिएको जानकारी गराएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस