अर्थ संसार, काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानीका लागि जापान सरकारलाई  आग्रह गर्नुभएको छ । 
आफूसँग आज शिष्टाचार भेटवार्ताका लागि पुग्नुभएका नेपालका लागि जापानी राजदूत मासामिची साइगोसँग मन्त्री पुनले सो आग्रह गर्नुभएको हो । 
मन्त्री पुनले जाजरकोटमा आयोजनास्थल रहेको ४१० मेगावाट क्षमताको नलगाड जलविद्युत् परियोजना प्रादेशिक सन्तुलनका हिसाबले पनि महत्वपूर्ण रहेको भन्दै सो परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्नुभएको थियो ।
उहाँले जापान र नेपालबीच पुरानो र मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै विगतमा कुलेखानी परियोजनालगायत अन्य परियोजनामा उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिनुभएको थियो । हाल नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० को काम जारी रहेको छ । 
मन्त्री पुनले जापान नेपालको भरपर्दो विकास साझेदारमुलुक भएको भन्दै नेपालमा अहिले लगानीको लागि उपयुक्त वातावरण बनेकोले थप लगानीको वातावरण बनाइदिन र सोही प्रकारको सन्देश प्रवाह गरिदिन आग्रह गर्नुभएको थियो । 
भेटमा जापानी राजदूतले नलगाड आयोजना सार्वजनिक निजी साझेदारी ढाँचामा निर्माणका लागि अध्यययन गरिरहेको बताउनुभएको थियो । जापानी राजदूतले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि राम्रो वातावरण बनेको सुखद् समाचार सुनेको भन्दै जापानमासमेत लगानीका लागि आग्रह गर्र्ने बताउनुभएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस