अर्थ संसार, काठमाडौं - हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले बिहीवार आईपीओ बाँडफाँट गर्ने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय, जमलमा दिउसो ४ बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो ।
कम्पनीले असार २५ गतेदेखि साउन २४ गतेसम्म सर्वसाधारणहरुको लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा सर्वसाधारणबाट पूर्ण आवेदन नपरेपछि कम्पनीका सञ्चालक तथा प्रबन्धकहरुलाई समेत साउन २६ गतेदेखि २८ गतेसम्म आईपीओ विक्री गरिएको थियो ।
कम्पनीले सर्वसाधारणहरुको लागि ७४ लाख ९३ हजार ७६६ कित्ता आईपीओ जारी गरेको हो । हाल  ८२ करोड चुक्तापूँजी रहेको कम्पनीको स्थानीय र सर्वसाधारणको आईपीओ बाँडफाँट पश्चात १ अर्ब ६० करोड पुग्नेछ । यस कम्पनीले इलाम जिल्लामा ४ दशमलव ५ मेगावाटको माईखोला साना जलविद्युत आयोजना र ८ मेगवाटको माईसाना क्यास्केड जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस