उत्पादनमूलक कम्पनीको रूपमा यसै वर्ष धितोपत्र बजारमा प्रवेश गरेको शिवम् सिमेन्ट्स लिमिटेडले गत आव २०७५/७६ मा रू. १ अर्ब ५० करोड खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आव २०७४/७५ मा रू. १ अर्ब १४ करोड थियो । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ३१ प्रतिशत बढेको हो ।
कम्पनीले अघिल्लो आवको तुलनामा १० प्रतिशत बढी सिमेन्ट विक्री गरेको छ । अघिल्लो आवमा रू. १० अर्ब २६ करोडको सिमेन्ट विक्री गरेको कम्पनीले गत आवमा रू. ११ अर्ब ३४ करोडको विक्री गरेको छ । आईपीओ वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब ४० करोड पुगेको छ । कम्पनीको जगेडा कोषमा रू. ३ अर्ब २२ करोड छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३४ दशमलव १६ छ भने प्रतिशेयर नेटवर्थ रू. १९४ दशमलव ७५ छ । सोमवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य ५ अंक घटेर रू. ५७३ कायम भएको छ ।
कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५७ दशमलव २५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ८७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै रेखाको तल छ । सोमवारको शेयरमूल्य रू. ५७३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५८८ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५७३ मै टेवा पाउने देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस