Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी इक्विटी र लक्ष्मी भ्यालु फण्डको न्याभ घट्यो

शुक्रबार, १३ भदौ २०७६, ११ : ०४ मा प्रकाशित

लक्ष्मी इक्विटी र लक्ष्मी भ्यालु फण्डको न्याभ घट्यो

अर्थ संसार, काठमाडौं – लक्ष्मी इक्विटी फन्ड र लक्ष्मी भ्यालु फन्ड को साउन मसान्तसम्म प्रतिइकाई खुद सम्पति मूल्य घटेको छ ।लक्ष्मी क्यापिटलको व्यवस्थापनमा रहेका  इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति साउन मसान्तमा २८ पैसाले घटेर ८ रुपैयाँ ९२ पैसा कायम भएको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ २० पैसा थियो ।
 
लक्ष्मी इक्विटी फन्डको सूचीकृत शेयरमा लगानी भने ३० लाख ८८ हजार रुपैयाँले बढेर ८७ करोड ५१ लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो महिना सूचीकृत शेयरमा ८७ करोड २० लाख ९२ हजार रुपैयाँ लगानी रहेको थियो । फन्डले ७३ वटा सूचीकृत कम्पनीको कुल २३ लाख ११ हजार ७१८ कित्ता सेयर होल्ड गरेको छ ।
 
सबैभन्दा बढी साना किसान अघुवित्तको सेयरमा ३ करोड ५५ लाख १४ हजार रुपैयाँ लगानी रहेको छ । यस फन्डले मुद्दति निक्षेपान ६ करोड रुपैयाँ लगानी गरेको छ । बैंक मौज्दात भने १ करोड ९४ लाख ८५ हजार रुपैयाँले घटेर १६ करोड ५१ लाख १५ हजार रुपैयाँ पुर्याएको छ ।
 
यता, लक्ष्मी भ्यालु फन्ड९१ को प्रतिइकाई खुद सम्पति मूल्य साउन मसान्तमा १ रुपैयाँ ६४ पैसाले घटेर ९ रुपैयाँ ९४ पैसामा आएको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ ५८ पैसा थियो । यस फन्डको सूचीकृत सेयरमा लगानी पनि ८१ लाख ९५ हजार रुपैयाँले घटेर २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।
 
भ्यालु फन्डले २७ वटा सूचीकृत संस्थाको ५ लाख ५१ हजार ७२७ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै सिभिल बैंकको ८७ हजार १०० कित्ता होल्ड गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको