Like us!
Follow us!
Connect us!
Watch us!

माछापुछ्रे बैंकको १०.२५ “माछापुछ्रे डिबेन्चर २०८५” बाँडफाँड

अर्थ संसार

शनिबार, १४ भदौ २०७६, ०८ : ४५ मा प्रकाशित

माछापुछ्रे बैंकको १०.२५ “माछापुछ्रे डिबेन्चर २०८५” बाँडफाँड

अर्थ संसार, काठमाडौं-माछापुछ्रे बैंक लिमिटेडले भदौ ६ गतेदेखि  जारी गरेको रु.३ अर्व बराबरको ऋणपत्र शुक्रबार बाँडफाँड भएको छ ।

बैंकले  प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो । निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएकोमा ३० हजार कित्ता बाँडफाँड गरिएको छ ।

 यस ऋणपत्रको अवधि ७ वर्ष रहेको छ ।ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ प्रतिशत हुनेछ । ऋणपत्रमा आर्जित ब्याज रकममा आयकर ऐनअनुसार कर लाग्नेछ । आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र द्वितीय अर्धवार्षिक समाप्त भएपश्चात् भुक्तानी गरिनेछ ।

सबल, उत्कृष्ठ एंव विस्तारित पहिचान बनाएको माछापुच्छ«े बैंकमा ग्राहकको अपार माया एंव विश्वासको फलस्वरुप बैंकले जारी गरेको ऋणपत्रले नेपालको पूँजी बजारलाई विकासित गर्न सकरात्मक भूमिका निर्वाह गर्ने विश्वास समेत बैंकले लिएको जनाइएको छ । बैंकले निकट भविष्यमा उक्त ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने जानकारी पनि दिएको छ । उक्त ऋणपत्रको बिक्री प्रबन्धक एन.एम.बी क्यापिटल रहेको बैंकले जनाएको छ ।

माछापुच्छ«े बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानवाट ७ लाख भन्दा बढी ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १५८ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको