Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स म्युचुअल फन्ड–२ को एनएभी घट्यो

अर्थ संसार

बुधबार, १८ भदौ २०७६, ०८ : ४४ मा प्रकाशित

सिटिजन्स म्युचुअल फन्ड–२ को एनएभी घट्यो

अर्थ संसार, काठमाडौं असार मसान्तको तुलनामा साउन मसान्तमा सिटिजन्स म्युचुअल फन्ड–२ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य (एनएभी) घटेको छ ।

असार महिनामा ९ दशमलव ९२ रुपैयाँ रहेको यस योजनाको एनएभी साउन महिनामा घटेर ९ दशमलव ७७ रुपैयाँमा सीमित भएको छ ।

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस योजनाको कुल आय सो अवधिमा ९१ लाख ६५ हजार ऋणात्मक रहेको छ ।

साउन मसान्तसम्ममा योजनाको प्राप्त नभइसकेको आम्दानी ८० लाख ७१ हजार ऋणात्मक रहेको छ भने प्राप्त भइसकेको आम्दानी १ लाख ५९ हजार रहेको छ ।

सो अवधिसम्म यस योजनाले ३३ करोड ६१ हजार सूचीकृत सेयरमा लगानी गरेको छ । यस योजनाको बैंक मौज्दात १८ करोड ४ लाख ३२ हजार रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको