तस्विर : अघिल्लो वार्षिक साधारणसभाको
अर्थ संसार, काठमाडौं- एनआइसी एसिया बैंक लिमिटेडले असोज १० गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बाइसौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ ।
सभामा १० प्रतिशत बोनस शेयर, ११ दशमलव शून्य ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वायर गर्ने र लेखा परीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ ।
साधारणसभा प्रयोजनका लागि बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस