Like us!
Follow us!
Connect us!
Watch us!

‘अनुपात सूचक’ ओरालो लागेसँगै शेयर बेच्न कठिन

अर्थ संसार

विहीबार, २६ भदौ २०७६, १० : २९ मा प्रकाशित

‘अनुपात सूचक’ ओरालो लागेसँगै शेयर बेच्न कठिन

अर्थ संसार, काठमाडौं –आन्तरिक र बाह्य कारणले केही वर्षयता शेयर बजार कारोबारमा खरिद– बिक्री गर्न झन्–झन् गाह्रो पर्दै गएको छ । शेयर बिक्रीको सहजता देखाउने ‘अनुपात सूचक’ झन्–झन् आरालो लागेकाले शेयर बेच्न झन्–झन् कठिन   कारोबार कठिन हुँदै गएको देखिएको हो ।

दुई वर्षअघि आर्थिक वर्ष ०७३/७४ मा सेयर कारोबार अनुपात १५ दशमलव ४९ प्रतिशत थियो । आव ०७५/७६ मा यो सूचक घटेर ९ दशमलव ८० प्रतिशतमा सीमित भएको छ । आव ०७४/७५ मा भने यस्तो सूचक ८ दशमलव ९५ थियो ।

‘यो सूचक दुई वर्षयता घटेको देखिए पनि समग्रमा एसियाली मुलुकसँगको तुलनामा औसतमै छौँ,’ नेपाल स्टक एक्सचेन्जका कायममुकायम प्रबन्धक निरञ्जन फुँयालले भने ।

घट्दो बजारमा यस्तो सूचक घट्नु सामान्य नै मानिन्छ । नेपालको यस्तो सूचक अन्य मुलुकसँगको तुलनामा भने कमजोर नै छ । ‘यो सूचकले बजारको समग्र पक्षलाई हेर्दैन,’ सेयर विश्लेषक प्रकाश तिवारी भन्छन्, ‘तर यसले कुनै पनि मुलुकको शेयर बजार कति प्रभावकारी चलेको छ भन्ने देखाउँछ ।’

यस्तो सूचक उच्च भएको मुलुकहरूका बजारमा सेयर तरल (किनबेच गर्न सजिलो) रहेको मानिन्छ । त्यस्तै, त्यस्ता मुलुकका बजारमा वित्तीय उपकरणहरूको उपलब्धता भएको र लगानीकर्ता सूचित रहेकोसमेत मानिन्छ । विश्व बैंककै तथ्यांकअनुसार इटालीको सूचक ३ सय ५० प्रतिशत छ । टर्कीको यस्तो सूचक २ सय ४७, बेलायतको १ सय ४६ र अमेरिकाको १ सय ८ प्रतिशत छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको