Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसियाको लोभ लाग्दो लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मिलन खड्का

विहीबार, २६ भदौ २०७६, १० : ४७ मा प्रकाशित

एनआइसी एसियाको लोभ लाग्दो लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं–एनआइसी एसियाले  असोज १० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाको लागि कम्पनीले भाद्र २९ लाई बुक क्लोज मिति तोकेको छ।कम्पनीले  आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजे सुरु गर्दै छ।  

कम्पनीले २१.०५२% लाभांश दिने घोषणा गरेको छ। बैंकले गत वर्षको नाफाबाट ११.०५२६% नगद र १०% बोनस सेयर गरी कुल २१.०५२% लाभांश दिन लागेको हो । अर्थात् भदौ २८ गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउन सक्ने छन्।  २८ गते शनिबार र २७ गते शुक्रबार परेको र उक्त दिन दोश्रो बजारमा कारोबार नहुने हुदा आज अर्थात बिहाबार सम्म एनआइसी एसियाको सेयरधनीले उक्त बोनस सुरक्षित गर्ने छन्।  

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा एनआइसीले ३ अर्ब ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ५६ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको