Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बङ्गलादेश बैंकको ९५ औं शाखा खोकनामा

अर्थ संसार

विहीबार, २६ भदौ २०७६, १७ : १६ मा प्रकाशित

नेपाल बङ्गलादेश बैंकको ९५ औं शाखा खोकनामा


अर्थ संसार, काठमाडौं– नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो शाखा बिस्तारको क्रममा ९५औं शाखा ललितपूर जिल्लाको खोकनामा संचालनमा ल्याएको छ । भाद्र २६ गते ललितपूरको खोकनामा शाखा उद्घाटन गरी बैंकले औपचारिक कारोबार शुभारम्भ गरेको छ ।

उक्त शाखाको औपचारिक समुद्घाटन माननीय श्री पम्फा भुसालले गर्नुभएको थियो। सो अबसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी दिनुभएको थियो ।

बैँकले यस आसपासका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो। साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

खोकना शाखा बिस्तारसगै बैंकले ९५ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७९ वटा ATM बाट बैंकिङ्ग सेबा दिने बताइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको