अर्थ संसार, काठमाडौं–हिमालयन जनरल इन्सुरेन्सको आइतबार आफ्नो २५ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
काठमाडौँको बबरमहलमा रहेको कार्की व्याङ्केटमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७४र७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ। लगानीकर्तालाई भने इन्सुरेन्सले हात खाली नै पारेको छ।
सभामा नयाँ संचालक समितिको निर्वाजन प्रस्ताव रहेकोमा , उक्त समितिमा सस्थापक (३) र सर्वसाधारण (२) गरि ५ पदमा ५ जनाको मात्र उम्मेदवारी परेकोले ५ जनै संचालक निरविरोध निर्वाचित भएका छन्।
सस्थापक तर्फ़बाट विक्रम कृष्ण श्रेष्ठ, महेन्द्र कृष्ण श्रेष्ठ र विजित कृष्ण श्रेष्ठ निर्वाचित भए भने सर्वसाधारण तर्फ़बाट अजय रत्न स्थापित र नुरा कुमारी शर्मा निर्वाचित भएका छन्।
भिडियो
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस