अर्थमन्त्री युवराज खतिवडाले गत साता पुँजी बजार बारे व्याक्त गरेको एउटा मन्तव्यको सकारात्मक असर २ दिनमै निस्प्रवाहीत बन्न पुग्यो। विगत ३ बर्ष देखि शृखलाबद्ध रुपमा चेपुवामा परेको नेपाली पूजि बजारमा निराशाको पारो अझ तिब्र बन्दै गईरहेको देखिन्छ। बजार सुधारका रणनैतिक तथा प्राविधिक प्रयासहरु नभएका पनि होईनन्।
बजारमा ठुला र संस्थागत लगानीकर्ताहरुको उपस्थिति न्युन छ। केहि साना लगानीकर्ता र कारोबारीहरुको भरमा बजार जेन–तेन थेगिएको छ । कारोबार रकमलाई हेर्दा बजारलाई राज्यको विशेष 'पोलिसी रेश्क्यूू ' को आबस्यकता बढेको देखिन्छ।
बजेट, मौद्रीक निति तथा सरकारका अन्य नितिगत निर्णय पनि पूजि बजारप्रति सकारात्मक नै देखिन्छन । तर त्यी सबै पक्षहरुलाई बजारले सदुपयोग गर्न सकिरहेको छैन्। आर्थीक बर्ष सकिएपछि सुचिकृत सस्थाहरुको लाभाशं घोषणा गर्ने क्रम जारी छ । घोषित लाभाशंलाई हेर्दा हाईड्रो बाहेकका ब्लुचिफ कम्पनीहरुको त्यस्तो निराशाजनक अबस्था देखिदैन। तरलता व्याबस्थापनमा पनि सहजता देखिदै गईरहेको छ । व्याजदर नियन्त्रणका लागि पनि प्रयास जारी नै छन्। तरपनि बजारको आम मनोविज्ञानलाई हेर्दा आशा भन्दा निराशाको जग बलियो देखिन्छ। जसको प्रत्यक्ष प्रभाव कारोबार समयमा देखिएको छ ।
यसबाट अधिकाशं लगानीकर्ताहरु नराम्रोसंग थलिएका छन्। उनिहरुको होल्डिङ्ग क्यापासिटी थेग्नै नसक्ने गरि धरमराएको देखिन्छ । बजारमा ठुला र संस्थागत लगानीकर्ताहरुको उपस्थिति न्युन छ। केहि साना लगानीकर्ता र कारोबारीहरुको भरमा बजार जेन–तेन थेगिएको छ । कारोबार रकमलाई हेर्दा बजारलाई राज्यको विशेष 'पोलिसी रेश्क्यूू ' को आबस्यकता बढेको देखिन्छ। कारोबार समयमा मार्केट डेफ्ट हेर्दा आपुर्ती पक्षमा व्यापक दबाव देखिन्छ।
त्यसो त पछिल्लो पाँच बर्षमा पुजि बृद्धि तथा नेप्सेमा सुचिकृत नयाँ कम्पनीहरुबाट थपिएका सेयर संख्याको कारण आपुर्तीमा स्वभाविक चाप थपिएको थियो। त्यसमाथी पनि माग पक्ष अत्यन्तै कमजोर देखिदा बजारमा उत्साहा आउन सकेको छैन्। जसले गर्दा आकर्षक लाभाशं घोषणा गरेका कम्पनीहरुको बजार मुल्य पनि ऋणात्मक तर्फ गईरहेका छन्। यसबाट बजार प्राकृतिक लय भन्दा बाहिरी घेरामा गएकोमा चिन्ता थपिदै गईरहेको छ ।
बजारलाई हामिले यसको प्राकृतिक गतिमै स्वतन्त्रता दिनु पर्छ भन्ने कुरामा दुईमत छैन्। यदि बजारले सुचक बृद्धिको निम्ति राज्यको हस्तक्षेपको अपेक्षा गरेको हो भने त्यो पूर्णत गलत हो । तर बजारले राज्यको सकारात्मक नितिगत हस्तक्षेप खोजेको चाहि सत्य हो।
हामि राजनैतिक संक्रमणको व्याबस्थापन पछि समृद्धिको अभियानमा अगाडी बढ्दै गर्दा अर्थतन्त्रको ऐनाको रुपमा रहेको पुजि बजार भने चरम संकटबाट गुज्रीरहेको छ । आन्तरीक पुँजी परिचालनले मात्र समृद्धिको सपना चुम्न नसक्ने अबस्था छ ।
त्यसकारण पनि हामि ग्लोबल क्यापिटल भित्राउनु पर्ने बाध्यतामा छौ। नेपालमा लगानी गर्नका लागि अन्तराष्ट्रिय लगानीकर्ताहरुले नेपालको अर्थतन्त्रका धेरै सुचक तथा मापदण्डको गहिरो अध्यान गर्छन्। त्यस मध्ये पुजि बजारको सुचकलाई पनि उनिहरुले गम्भिर ढंगबाट नियालीरहेका हुन्छन्। त्यसकारण पनि हाम्रो पुँजी बजारको वर्तमान अबस्थाबाट उनिहरु विश्वस्त बन्न नसक्ने अबस्थालाई हामिले मनन गर्नुपर्ने आबस्यकता देखिन्छ।
हुनत पुँजी बजारलाई राज्यले कृतिम रुपमा बुष्ट गरेर बढाउनु पर्छ भन्ने होईन। बजारलाई हामिले यसको प्राकृतिक गतिमै स्वतन्त्रता दिनु पर्छ भन्ने कुरामा दुईमत छैन्। यदि बजारले सुचक बृद्धिको निम्ति राज्यको हस्तक्षेपको अपेक्षा गरेको हो भने त्यो पूर्णत गलत हो । तर बजारले राज्यको सकारात्मक नितिगत हस्तक्षेप खोजेको चाहि सत्य हो। आपुर्ती व्याबस्थापन गरि माग सृजना गराउने कार्यको निम्ति सेयर बजारलाई सर्बव्यापी पहुच योग्य बनाउने कुरामा सरकार गम्भिर बन्नुपर्ने देखिएको छ ।
किनकि अहिले सुचिकृत सेयर संङख्या हेर्दा बर्तमान बजार पहुचले थेग्न नसक्ने निश्चित छ । त्यसको निम्ति सरकारले अनलाईन प्रणाली र बैकंलाई ब्रोकर लाईसन्स दिने प्रकृया चुस्त पार्नुपर्ने आबस्यकता छ ।
शेयर साक्षारताका विषयहरु त आधारभुत भई हाले । समग्रमा राज्यबाट बजारको प्राकृतिक गतिलाई जगेर्ना गर्दै नितिगत , प्राविधिक तथा भौतीक विकासमा जोड दिईनु आबस्यक छ । समृद्धिको लागि पुँजी परिचालनको मुख्य चेम्बर मानिएको सेयर बजार लाई चुस्त राख्नु आबस्यक छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय पुजि केद्रीकृत गर्नुपर्ने बर्तमान समयमा अर्थतन्त्रको ऐना मानीने सेयर बजार भने चर्कीएको छ । पक्कै पनि राज्य यसमा सचेत बन्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस