Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न सरकारको तयारी, उच्चस्तरीय आयोग बन्ने

अर्थ संसार

सोमबार, ३० भदौ २०८२, २१ : ०९ मा प्रकाशित

जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न सरकारको तयारी, उच्चस्तरीय आयोग बन्ने

जेनजी आन्दोलनका क्रममा भएका घटनालाई समीक्षा र छानबिन गर्ने उद्देश्यले सरकारले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने तयारी गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसबारे सैद्धान्तिक सहमति जनाएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।

उनका अनुसार आयोग गठनको विषयमा सरकार स्पष्ट सहमतिमा पुगेको भए पनि यसको संरचना, कार्यक्षेत्र र नेतृत्व कसले गर्ने भन्ने विवरण भने अझै तय हुन बाँकी छ। आगामी दिनमा यसबारे विस्तृत निर्णय हुने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको