मिडफिल्डर जुड बेलिङघमलाई २०२४–२५ सिजनको इंग्ल्यान्ड पुरुष वर्षको खेलाडी घोषित भएका छन् । रियल म्याड्रिडका २२ वर्षीय बेलिङघमले ८ खेलमा १ गोल गर्दै नेशन्स लिग बढुवामा योगदान दिए । विश्वकप छनोटमा पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो ।
उनले ग्रीसविरुद्ध गोल, आयरल्यान्डविरुद्ध २ असिस्ट र एक पेनाल्टी तथा अल्बानियाविरुद्ध अर्को असिस्ट गरेका थिए । समर्थकको मतदानमा उनले डेक्लान राइस र हेरी केनलाई पछि पार्दै शीर्ष स्थानमा रहे । इंग्ल्यान्डबाहिर क्लबमा खेल्दै यो उपाधि जित्ने उनी दोस्रो खेलाडी बनेका छन् ।
काँधको शल्यक्रियापछि सेप्टेम्बरमा मात्र पूर्ण फिट भएर फर्किएका बेलिङघम आगामी अक्टोबरमा वेल्स र लाट्भियाविरुद्धको खेलका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ । गत वर्ष कोल पाल्मरले यो उपाधि प्राप्त गरेका थिए । त्यसअघि दुई वर्ष लगातार बुकायो साकाले यो अवार्ड जितेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस