पछिल्ला तीन कारोबार दिनमा सेयर बजारले उच्च अंकको वृद्धि र उच्च अंकको गिरावटको सामाना गर्यो । जेनजी आन्दोलनले भदौको २४ गतेदेखि बन्द भएर असोज २ गतेदेखि खुलेको बजारले पहिलो दिन नै १६० अंकको गिरावटको सामना गर्दै पहिलो एक घण्टामा नै नकारात्मक सर्किटको सामना गरेर बजार बन्द भयो ।
त्यस पछि असोज ५ गते आइतबार खुलेको बजारले बिहीबारको १६० अंकमा सुधार भएर १११ अंकले बढेर कारोबार बन्द भयो । सोमबार सार्वजनिक बिदा भएकाले बन्द रहेको बजारमा सोमाबार ५८ अंकको सुधार देखियो । दुई दिनको वृद्धिले उक्त गिरावटलाई भरपाइ गर्न सफल भएको छ । बजार एकै दिन घटेको १६० अंकलाई दुई दिनको वृद्धिले १५८ अंक रिकभर गरेको छ भने दुई अंकको रिकर्भर अझै बाँकी रहेको छ ।
भोलिका दिनमा पनि बजारले यहि गति लिएको खण्डमा बजारले छिट्टैनै नयाँ रेकर्ड बनाउन सक्ने लगानीकर्ताको भनाइ छ । अहिलेको वृद्धिलाई आन्दोलन पछि आत्तिएका लगानीकर्ताको मानेबल बढेको रुपमा लिनु पर्ने लगानीकर्ताको भनाइ छ । बजार घट्बढ स्वाभाविक भए पनि एकै पटक ६ प्रतिशतको गिरावटलाई भने भने लगानीकर्ताले स्वभाविक रुपमा नलिएको बताएका छन् । बजार बढ्नु पर्ने विन्दुमा नै पुगेको अवस्था रहेकाले अहिले बजारले आफ्नो लय समातेको नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले बताए । सहि विश्लेषण गर्दा पनि बजारका साथीहरुले नकारात्मक रुपमा नै लिने गरेको गुनासो गर्दै लगानीकर्तामा धर्यताको आवश्यकता रहेको उनले बताए ।
पुँजी बजारका लागि सबै सूचक सकारात्मक रहेको र नियामक निकाय पनि सकारात्मक रहेको अवस्थामा बजारले गति लिएको रौनियारको भनाइ छ । डराएका कारणले घटेको बजार अहिले स्थिरताको आशाका कारण बजार बढ्न पुगेको उनी बताउँछन् । जेनजी आन्दोलन पछिको गिरावटलाई दुई दिनको वृद्धिले रिकभर गरेको उनको बुझाइ छ । लगानीकर्ताहरुले हल्ला र कसैले सामाजिक सञ्जालमा लेखेको भरमा भन्दा पनि सुजबुझका साथ लगानी गर्नु पर्ने उनको भनाइ छ । ६ प्रतिशतको गिरावट आएर नकारात्मक सर्किट लाग्दा अर्बौको क्षति पुगेको भन्दै यसले सेयर बजारलाई नै घाटा पुगेको उनले बताए ।
त्यस्तै सेयर लगानीकर्ता संघका कार्यवाह अध्यक्ष तारा प्रसाद फुल्लेलले पनि बजारले अब गति लिएको बताएका छन् । बजार निकै तल्लो विन्दुमा पुगेकाले अहिले बढ्नु पर्ने नै बेला रहेको उनको भनाइ छ । ६ प्रतिशतको गिरावट लगानीकर्ताले नसोचेको भन्दै अब बजारले नियमित रुपमा नै अघि बढ्ने फुल्लेलको भनाइ छ ।
बजार घट्नु पर्ने कुनै कारण नभए पनि आन्दोलनबाट लगानीकर्तामा केही डर देखिएकाले पनि बजार घटेको आम लगानीकर्ताहरुले बताउँदै आएका छन् । अहिले नयाँ सरकार निर्माण भएको र परिवर्तन पछि धेरै आशा पनि जगाएको देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस