Like us!
Follow us!
Connect us!
Watch us!

चालु आवमा ३ कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति, ४ कम्पनीले पाए हकप्रद जारीको स्वीकृति

अर्थ संसार

शुक्रबार, १७ असोज २०८२, ०८ : ०२ मा प्रकाशित

चालु आवमा ३ कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति, ४ कम्पनीले पाए हकप्रद जारीको स्वीकृति

चालु आर्थिक वर्ष सुरु भएपछि ३ वटा कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका छन् भने ४ वटा कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डबाट चालु आवको दशैँ अघिसम्मको अवधिमा आईपीओ र हकप्रद सेयर जारी गर्ने अनुमति पाउने कम्पनीको संख्या ७ पुगेको हो । 

बोर्डका अनुसार चालु आर्थिक वर्षमा आईपीओ जारी गर्न अनुमति पाउने कम्पनीमा सागर डिस्टिलरी, श्रीनगर एग्रो र एसवाइ प्यानल नेपाल रहेका छन् । त्यस्तै हकप्रद सेयर जारी गर्न अनुमति पाएका कम्पनीहरुमा शिवश्री हाइड्रोपावर, सिटी होटल, रिभर फल्स र नारायणी विकास बैंक रहेका छन् । आईपीओ र हकप्रद सेयर जारी गरेका कहि कम्पनीहरुले निष्कासन समेत गरिसकेको छन् । 

आईपीओ जारी गरेका कम्पनीमध्ये सागर डिस्टिलरीले आईपीओ निष्कासन गरेर बाँडफाँट समेत गरिसकेको छ । श्रीनगर एग्रोले यहि असोज २६ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने छ । यो कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरुलाई निष्कासन गरिसकेको छ । एसवाइ नेपालले अहिलेलाई आम सर्वसाधारणका लागि निष्कासन मिति घोषणा गरेको छैन । 

त्यस्तै हकप्रद सेयर जारी गर्ने अनुमति पाएका कम्पनीहरुमध्ये दुई वटाको हकप्रदमा सेयर जारी भइसकेको छ भने दुई वटाको बाँकी रहेको छ । हाल शिवश्री हाइड्रो पावर र सिटी होटलको हकप्रद सेयर जारी गरिसकेका छन् भने रिभर फल्स र नारयाणी विकास बैंकको हकप्रद सेयर जारी गर्ने प्रक्रियामा रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको