दोस्रो बजारमा सूचिकृत भएर कारोबार हुँदै आएका ४ वटा कम्पनीले यस आर्थिक वर्षमा हकप्रद जारी गर्ने स्वीकृति पाएका छन् । जसमा शिवश्री हाईड्रोपावर,सिटी होटल,रिभर फल्स पावर र नारायणी विकास बैंकले हकप्रद जारी गर्न बोर्डको स्वीकृति पाएका हुन । ती कम्पनीहरुको तीन अर्ब ७७ करोड ८० लाख ६७ हजार ७०० रुपैयाँ बराबरको तीन करोड ७७ लाख ८० हजार ६७७ कित्ता हकप्रद शेयर जारी हुँदै छ । जसमा शिवश्री हाईड्रोपावर र सिटी होटलको हकप्रद निष्काशन भइरहेको छ ।
त्यसैगरी हकप्रद जारी गर्न ११ वटा कम्पनीले नेपाल धितो पत्रबोर्डमा आवेदन गरेका छन् । ती कम्पनीका १ करोड १५ लाख १३५ कित्ता हकप्रदका लागि पाइपलाइनमा छन् । ११ कम्पनीका १ करोड १५ लाख १३५ कित्ता हकप्रदको मूल्य १ अर्ब १५ करोड १३ हजार ५४४ रुपैयाँ हुन्छ । ती कम्पनीहरूले बोर्डको स्वीकृति पाएपछि हकप्रद सेयर जारी गर्ने छन ।
अहिले धितोपत्र बोर्डको पाइपलाइनमा रहेको हकप्रद सेयरमा बाराहि हाइड्रोपावरको १ः१ को अनुपातमा राइट सेयर पाइपलाइनमा रहेको छ । त्यस्तै सानिमा जिआईसी इन्स्योरेन्सको १०ः१.७ अनुपातमा हकप्रद जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ । त्यस्तै सीईडीबि होल्डीङको १ः०.५४५ अनुपातको हकप्रद सेयर जारी गर्नका लागि बोर्डको स्वीकृति पर्खिरहेको छ ।
अहिले बोर्डको पाइपलाइनमा रहेको बुद्धभूमी नेपाल हाइड्रोपावरको १ः१ अनुपातमा जारी गर्ने हकप्रद सेयर स्वीकृतिको प्रतिक्षामा रहेको छ । त्यस्तै नेपाल लुब आयल लिमिटेडको १ः२ अनुपात, माइखोला हाइड्रोपावरको १ः१ अनुपात, सगरमाथा जलविद्युत कम्पनीको १ः१ अनुपात र हिमालयन पावर पाटर्नरको १ः०५ अनुपातको हकप्रद सेयर सेयर पाइपलाइनमा रहेको छ । त्यस्तै प्रभु महालक्ष्मी लाइफको १ः०१७ अनुपात, प्रभु इन्स्योरेन्सको १ः०.५०१५ अनुपात र युनाइटेड अजोड इन्स्योरेन्सको १ः०१५ अनुपातमा जारी गर्ने हकप्रद पाइपलाइनमा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस