अर्थ संसार, काठमाडौं -समता लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २६ गतेदेखि १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
सो हकप्रद शेयरमा भदौ ३१ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् । निष्कासन बन्द मंसिर १ गते हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
सेयरधनीले समता लघुवित्त, एनआईबिएल एस क्यापिटलका केन्द्रीय तथा शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ६ लाख ७२ हजार रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी १८ करोड २० लाख १६ हजार पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस