Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर भर्न छुटाउनु त भएन ? मात्र ५ दिन बाँकी

dibesh

शुक्रबार, १० असोज २०७६, १४ : २८ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर भर्न छुटाउनु त भएन ? मात्र ५ दिन बाँकी

अर्थ संसार, काठमाडौ – मुक्तिनाथ विकास बैंक लिमिटेडको २० प्रतिशत हकप्रद शेयर खुल्ला भइरहेको छ । भदौ १२ गते देखी खुल्ला भएको यस बैंकको हकप्रद  असोज १५ गते बुधबार सम्म मात्र रहेको छ ।

हकप्रद शेयर भर्न बाँकी रहनु भएका शेयरधनी महानुभावहरुले २०७५ आश्विन १५ गते बुधबारसम्म  आवेदन दिइसक्नु पर्ने हुन्छ । कम्पनीले प्रति कित्ता रु१०० रुपैयाका दरले १०ः२ अनुपातमा ६१ लाख २९ हजार ५ सय २० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

हकप्रद शेयरको भिबोर क्यापिट लिमिटेड थापाथली, काठमाडौं, मुक्तिनाथ विकास बैंक लि. का सम्पुर्ण शाखा कार्यालय तथा आस्वा सदस्य भएका बैंक तथा वित्तिय संस्थाबाट आवेदन दिन सकिने छ । भिबोर क्यापिटल लिमिटेड थापाथली काठमाडौंले बिक्रि प्रबन्धकको काम गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको