Like us!
Follow us!
Connect us!
Watch us!

नबिकेपछि सनराइज फस्र्ट म्युचुअल फन्डमा आवेदन दिने म्याद थप

अर्थ संसार

बुधबार, १५ असोज २०७६, ०७ : २५ मा प्रकाशित

नबिकेपछि सनराइज फस्र्ट म्युचुअल फन्डमा आवेदन दिने म्याद थप

अर्थ संसार, काठमाडौं- सनराइज म्युचुअल फन्डले असोज ८ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको सनराइज फस्र्ट म्युचुअल फन्डमा आवेदन दिने म्याद थप गरेको छ । यस योजनाको इकाइ निष्कासनमा अब कात्तिक ७ गतेसम्म आवेदन दिन सकिने भएको छ । यस योजनाले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाइ निष्कासन तथा बिक्री खुला गरेको हो ।

योजनाले १० करोड इकाइ बीजपुँजीबापत १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धकका लागि सुरक्षित गरी सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाइको निष्कासन गरेको हो । यस योजनाको कोष प्रवद्र्धक सनराइज बैंक रहेको छ ।

कुमारी बैंकको शेयरधनीले संचालक समितिलाई दिए यस्ता सल्लाह (भिडियोसहित) 

योजना ब्यवस्थापकले वृहत अध्ययन तथा विश्लेषणको आधारमा इकाई बिक्रीबाट संकलित रकम दक्षता पूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित ब्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित गर्नेछ । सन्राइज फस्र्ट म्युचुअल फण्डको प्रक्षेपित औषत वार्षिक प्रतिफल २४.२९ प्रतिशत र औषत वार्षिक लाभांश १४ प्रतिशत रहेको छ ।

शेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापकको धारणा रहेको छ । व्यक्तिहरु एवं विभिन्न संस्थाहरुले यस योजनाको इकाईमा लगानी गरि धितोपत्र बजारबाट प्राप्त हुने लाभलिन सकिने छ । निष्काशन गरिएको इकाईहरु बाँडफाँड गरे पश्चात दोश्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडममा सूचिकृत तथा सि.डि.एस. एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गरी कारोबार गर्ने ब्यवस्था गरिने छ ।
 
यस योजनाको इकाई मा आवेदन गर्नका लागिे आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा  प्रणाली अन्तर्गत साथै मेरो शेयर अनलाइल प्रणाली मार्फत आवेदन दिन सकिने ब्यवस्था छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको