अर्थ संसार, काठमाडौ – मुक्तिनाथ विकास बैंक लिमिटेडको २० प्रतिशत हकप्रद शेयर खुल्ला भइरहेको छ । भदौ १२ गते देखी खुल्ला भएको यस बैंकको हकप्रद असोज १५ गते बुधबार सम्म मात्र रहेको छ ।
हकप्रद शेयर भर्न बाँकी रहनु भएका शेयरधनी महानुभावहरुले २०७५ आश्विन १५ गते बुधबारसम्म आवेदन दिइसक्नु पर्ने हुन्छ । कम्पनीले प्रति कित्ता रु१०० रुपैयाका दरले १०ः२ अनुपातमा ६१ लाख २९ हजार ५ सय २० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
हकप्रद शेयरको भिबोर क्यापिट लिमिटेड थापाथली, काठमाडौं, मुक्तिनाथ विकास बैंक लि. का सम्पुर्ण शाखा कार्यालय तथा आस्वा सदस्य भएका बैंक तथा वित्तिय संस्थाबाट आवेदन दिन सकिने छ । भिबोर क्यापिटल लिमिटेड थापाथली काठमाडौंले बिक्रि प्रबन्धकको काम गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस