Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्यो ८२ वटा कम्पनीको कारोबार स्थगित, कुन-कुन परे ? (नामावलीसहित)

अर्थ संसार

शनिबार, ०२ कार्तिक २०७६, ०८ : ०९ मा प्रकाशित

नेप्सेले गर्यो ८२ वटा कम्पनीको कारोबार स्थगित, कुन-कुन परे ? (नामावलीसहित)

अर्थ संसार, काठमाडौं ८२ कम्पनीको शेयर कारोबार कात्तिक ३ गते आइतवारदेखि स्थगित हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र सूचीकरणको वार्षिक नबिकरण शुल्क नबुझाउने ती कम्पनीहरुको शेयर कारोबार स्थगित गर्ने भएको हो ।

२८ वाणिज्य बैंकहरुले भने नविकरण गराएका छन । नविकरण नगर्नेमा लघुवित्त समूहका १९ कम्पनी, व्यापारिक समूहका ३ कम्पनी, १८ विकास बैंक, ११ उत्पादन मूलक समूहका, १२ फाइनान्स कम्पनी, १३ जलविद्युत कम्पनी, २ बीमा कम्पनी, २ होटल्स र २ अन्य कम्पनीहरु रहेका छन् ।

कसरी सानिमा बैंकले पारित गर्यो २१.०५ प्रतिशत लाभांश ? (साधारणसभाको भिडियोसहित) 

नेप्सेमा सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष सम्पन्न भएको तीन महीनाभित्र नविकरण शुल्क बुझाउनुपर्ने व्यवस्था छ । दोस्रो बजारमा कारोबार गर्नका लागि शेयर खरीद तथा विक्री गर्न सदस्यता प्राप्त गरेका ५० धितोपत्र दलाल व्यवासायीहरुले भने सदस्यता नविकरण गरिसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको