Like us!
Follow us!
Connect us!
Watch us!

युनिलिभरको साधारणसभामा सूचना सम्प्रेषण गर्न निषेध, शेयरधनीको सूचनाको अधिकारमाथि हनन्

अर्थ संसार

विहीबार, ०७ कार्तिक २०७६, १७ : ३२ मा प्रकाशित

युनिलिभरको साधारणसभामा सूचना सम्प्रेषण गर्न निषेध, शेयरधनीको  सूचनाको अधिकारमाथि हनन्

अर्थ संसार, काठमाडौं– युनिलिभर नेपाल लिमिटेडले  आफ्नो २६ औं वार्षिक साधारणसभा बिहीबार सिल्भर ओक व्यांक्वेट, गैहिधारमा गरेको छ ।   तर, साधारणसभामा शेयरधनीले पाउने सूचनाको अधिकारमाथि भने हनन् गरेको  छ ।

पब्लिक कम्पनीहरुको सत्यतथ्य सूचना प्रकाशन गर्दै आइरहेको arthasansar.com अनलाइन पत्रिकालाई समाचार सम्प्रेषणमा रोक लगाई शेयरधनीको सूचनाको हकमाथि हनन् गरेको हो ।

साधारणसभाको सत्यतथ्य सूचनाको लागि हाम्रो अर्थ संसार टिम साधारणसभामा हलमा पुग्न नपाउँदै बाहिरबाटै रोक लगाएको थियो । राष्ट्रको चौथो अंग पत्रकारलाई  शेयरधनीहरुले उपस्थित व्यावस्थापनलाई  साधारणसभा हलमा प्रवेश गर्न आग्रह  गरेपनि माथिको आदेश भन्दै प्रवेशमा रोक लगाएको छ ।

युनिलिभर नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको कम्पनी हो ।

सभामा प्रतिकित्ता ७७० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदैछ । यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

सभाबाट आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान विवरण, वासलात, नगद प्रवाह विवरण तथा लेखा परीक्षकको प्रतिवेदन पारित गरिने पनि युनिलिभरले जानकारी दिएको छ ।

सुबास बज्राचार्यलाई कम्पनीको स्वतन्त्र सञ्चालकका रुपमा ४ वर्षका लागि नियुक्ति गर्ने एजेन्डा पनि छ । साधारण सभा गर्न कम्पनीले असोज २२ गतेदेखि कात्तिक ७ गतेसम्म बुक क्लोज गरेको छ । असोज २१ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
 
युनिलिभर नेप्सेमा सूचीकृत सबैभन्दा महँगो शेयर भाउ भएको कम्पनी हो । कम्पनीले असार मसान्तसम्ममा १ अर्ब ६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १५० रुपैयाँ र नेटवर्थ २ हजार ५२६ रुपैयाँ छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको