Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घट्यो,कारोबार रकम बढ्यो

अर्थ संसार

मंगलबार, १९ कार्तिक २०७६, १५ : ४८ मा प्रकाशित

नेप्से घट्यो,कारोबार  रकम बढ्यो

यस्तो छ आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं– साताको तेस्रो कारोबार दिन आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ० दशमलव ८१ अंकले घटेर १ हजार १३९ दशमलव ४५ बिन्दूमा आईपुगेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ० दशमलव ३९ अंकले घटेर २ सय ५० दशमलव १२ अंकमा पुगेको छ ।

यस दिन कारोबारमा आउका कुल १६२ वटा कम्पनीका १० लाख ५८ हजार ८९६ कित्ता शेयर खरिदबिक्रि हँदा २८ करोड ४४ लाख ७२ हजार ५०१ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्ला दिनहरुमा कारोबार रकम १७–२० करोड रुपैयाँको हारहारीमा भैरहेको थियो ।

यस दिन कारोबारमा आएका १२ वटा समूह मध्ये ५ वटा समूहको शेयर मूल्य बढेका छन् भने बाँकी ७ वटा समूहको शेयर मूल्यमा गिरावट आएको छ । यस दिन बैकिङ ० दशमलव ४ अंक, टेड्रिङ शून्य अंक, उत्पादन समूह १६ दशमलव ५२ अंक, लघुवित्त समूह १ अंक र म्युचुअल फण्ड समूह ० दशमलव १७ अंकले बढेको छ भने होटल समूह ६ दशमलव ३९ अंक, विकास बैंक  ६दशमलव३९ अंक, ० दशमलव ५२ अंक, जलविद्युत समूह ३ दशमलव २ अंक, वित्त समूह ३ दशमलव ५७ अंक, निर्जिवन विमा समूह २८ दशमलव ३३ अंक, अन्य समूह ३ दशमलव ०५ अंक, जीवन विमा समूहमा १४ दशमलव ९६ अंकले घटेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको